• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

ओलीको राजीनामा माग्नुको कारण के थियो ? अडियोबाट उतारिएको भनाई जस्ताको तस्तै हेनुहोस् 

काठमाडौं । नेकपा स्थायी कमिटी बैठक शुरु भएको तत्कालै सञ्चार भए । त्यसका फोटो प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकटका सचिवालय सदस्यहरुले सामाजिक सञ्जालमा राखे । सबै न्यूज पोर्टलहरुले त्यसैलाई आधार मानेर अनेक शिर्षकमा समाचारहरु प्रशारण गरे । 

सचिवालय सदस्यहरुले फोटो खिचेपछि बैठकमा के भयो ? भन्ने दृष्य खिच्ने हिम्मत स्थायी कमिटी सदस्यहरुले गरेनन् । तर, एक स्थायी कमिटी सदस्यलाई समाचार दैनिकले फोन सम्पर्क गरिरहेको थियो । ती सदस्यले बैठक शुरु भयो पछि कुरा गरौं भने । 

तर, उनले फोन राखेनन् । सबै कुरा सुनिरह्यौं र रेकर्ड गरियो । उक्त अडियो गजबको रोचक छ । नेताहरुले के–के भने ? उनीहरुको भनाई जस्ताको तस्तै यस्तो छ ।

प्रचण्ड : (तपाईंले अस्ति बोलेको कुरा हामीले गम्भीर रुपमा सुन्या छौं । यसअघि तपाईंले भने जस्तो दिल्लीले होइन राजीनामा मागेको मैले तपाईंको राजीनामा मागेको हुँ । आज पनि दिल्लीले होइन म तपाईंको राजीनामा माग्दैछु । तपाईं प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुहोस् । निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ता गराउन निवेदन परेको छ । यो निवेदन कहाँबाट परेको छ हामीले मसिनो गरी गम्भीर रुपमा बुझेका छौं । तपाईं एक ठाउँको अध्यक्ष हुनुहोस् । तपाईंले दुबै पदबाट राजीनामा दिनुहोस् मैले फेरि भनेँ ।)

ओलीः (मैले इन्डियाले खेलिराखेको छ भनेको हुँ । यता जुन किसिमले पार्टी दर्ता गर्न लगायो भन्ने छ, यसमा मलाई थाहा छैन । नियम अनुसार पार्टी एक भएपछि पुराना पार्टीका नाम एक वर्षसम्म फ्रिज हुन्छन । एक वर्ष पछि जो कोही नागरिकले अधिकार छ, त्यो नामको पार्टी दर्ता गर्न यसमा मेरो भन्नु केही छैन । बरु, पार्टीले धेरै कामहरु राम्रा गरेका छन् । तर, पार्टीभित्रबाट कहिल्यै सहयोग भएन । जहिले नयाँ–नयाँ विवाद लिएर मात्रै आइयो यो किन गरिन्छ ? गत मंसिरमै कार्यकारी दिएको हुँ किन काम नगरेको ?)
 
झलनाथ खनालः (अहिले पार्टी, सरकार तपाईं (ओली)कै नेतृत्वमा छ । तर, नेतृत्वका लागि केही आधारभूत गुण हुनुपर्छ । तपाईंमा ती केही गुण कहीँ देखिएन । बिचार, राजनीति, कार्यदिशा र संगठनात्मक कला । यी चारै चिज तपाईंसँग भएनन् । यस कारण पनि तपाईं राजीनामा दिनुस् । हिजोका नेता श्रदृय पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारीले यसको उदाहरण देखाईसक्नु भएको छ । यी कला त भएनन्, तपाईं त झन् नेकपा (एमाले) दल दर्ता गराएर झन् नाङ्गिनु भयो । यसले नेकपाको शाख झन् खस्कँदै गयो । तुरुन्त दुबै पदबाट राजीनामा दिनुस् र सम्मानित भएर बसनुस् ।)

माधव कुमार नेपालः (जहिले व्यक्ति केन्द्रित, गुटको राजनीति, आफ्नो गल्तिकमजोरी कहिल्यै नस्वीकार्ने यस्तो पाराले पार्टी झन् बदनाम भइराखेको छ । कम्युनिस्ट पार्टीमा अनुशासन, नैतिकता, आदर्श हुनुपर्ने हो । नेतृत्वले झन् यस बारे सोँच्नु पर्ने हो । तपाईंले कहिल्यै त्यसो गर्नु भएन । नेकपाको अध्यक्ष तपाईं हुनुहुन्छ । यही दलबाट प्रधानमन्त्रीको नेतृत्व गर्नुभएको छ । झन् अर्को नेकपा (एमाले) भन्ने पार्टी निर्वाचन आयोगमा दर्ता गराउनु भयो । यो भन्दा निच काम हे हुन्छ ? अध्यक्ष कमरेड प्रचण्डले भनेकै कुरामा मेरो सहमत छ । तपाईंले राजीनामा दिनुस् दुबै पदबाट । )

वामदेब गौतमः (श्रदृय कमरेड अध्यक्ष महोदय । भनेर भन्देखुन म के भन्न चहान्छु भने अध्यक्ष कमरेड तथा प्रधानमन्त्री केपी ओली तपाईंलाई सधैं अप्ठेरोमा साथ दिएको छु । पदीय हिसावले तपाईंको फोटो टाँसेर सम्मान गर्छु । तर, तपाईं मेरो सहयोद्धा हो । म तपाईंको सहयोद्धा हुँ । तपाईंका बोलीको भर छैन । पछिल्लो पटक बोलेका भाषाले कुटनीतिक सम्बन्धमा झन् दरार आयो । नक्सा जारी पछि कुटनीतिक पहल गर्ने भन्ने भन्नुभयो झन् उल्टो ढंगले प्रस्तुत हुनुभयो । तपाईंको बानी यस्तो छ कि मलाई भेट्दा प्रचण्ड, जेएन, माधव कमरेको ब्यावाइटिङ्ग गर्नुहुन्छ । प्रचण्ड कमरेडसँग मेरो, जेएन, माधव कमरेडको यही प्रकारले निरन्तर रुमा हामीलाई खेलाउनु हुन्छ । अझ तपाईंले पहिले धन बहादुर बुढाको बारे मलाई तयार हुनु भन्नुभयो । उसैलाई बोलाएर मेरै विरुद्ध उचाल्नु भयो । यस्तोसम्म गर्न तपाईं तयार हुनुहुन्छ । यसअघि कमरेड प्रचण्ड, जेएन, माधव नेपालको कुरामा मेरो सत प्रतिशत सहमत छ । ल भन्नुस् तपाईंले नेकपा (एमाले) दल दर्ता गर्न निर्वाचन आयोगमा पठाएको कुरा सबै मलाई थाहा छ । एउटा छानबिन ससिति बनाऔं । त्यो समितिसँग म सबै भनुँला । नैतिक रुपले तपाईं अध्यक्ष रहिरहन र प्रधानमन्त्रीमा बसेर पार्टीको बदनाम हुनु भन्दा तपाईंले राजीनामा दिनुुस् ।)

नारायणकाजी श्रेष्ठः (एउटा नेतृत्व हुनुको नाताले कम्तिमा तीन कुरामा ध्यान दिनुपर्ने हो । तर, ती कुनै कुरामा ध्यान दिइएन । नेतृत्वमा बैचारिक, साँस्कृतिक, राजनीतिक संस्कार हुनुपर्ने हो । तीनै चिजबाट अलग भएपछि परिणाम के हुन्छ ? भारतसँगको सम्बन्ध, एमाले दल निर्वाचन आयोगमा दर्ता बारे छानबिन समिति बनाऔं । सबै कुरा छर्लङ्ग हुन्छ । राजनीतिमा नैतिकता हुन्छ । नेतृत्व पंक्तिले यतिका गैर जिम्मेवारी, गैर राजनीतिक काम गरेपछि पार्टी तथा सरकारको नेतृत्व गरिरहने नैतिक धरातल रहेन भन्ने मतमा हामी सहमत छौं ।)

सुरेन्द्र पाण्डेः (कतैबाट मिलेर जाऔं, पार्टीमा एक हुनुपर्छ भन्ने उहाँले कहिल्यै आधार दिनु भएन । कतिसम्म भयो भने सामान्य नियुक्तिमा समेत ‘मेरो गुटमा खुलेर बोल्नुपर्छ, आउनुपर्छ’ भनेर पहिल्यै हस्ताक्षर गराउने जस्ता अराजनैतिक कामा भएका छन् । जसको सयौं प्रमाण छन् । पार्टी र सरकार दुबैमा नेतृत्वमा तपाईं असफल हुनुभयो । तपाईंले राजीनामा दिनुको विकल्प छैन । )

डा. भीम रावलः (राजनीतिक, कुटनीतिक रुपमा असफल भएको त प्रष्टै भइसक्यो । मैले पहिले नै पटक–पटक भनेकै हो । तपाईंहरुले अहिले प्रमाणसहित देख्नु भयो । अब, पनि उहाँ अध्यक्ष र प्रधानमन्त्रीको पदमा बसिरहने कुनै आधार देख्दिनँ ।)

जनार्दन शर्माः (सधैैं सहमति हुन्छ, त्यसको कार्यान्वयन अध्यक्ष तथा प्रधानमन्त्री ज्यूबाट कहिलै भएको देखिएन । सरकार यसो समाजवादतिर उन्मुख हुन्छ कि भनेको झन् नव उदारवादको सच्चा पहरेदार भएर देखियो । यसको सम्पूर्ण नैतिक जिम्मेवारी प्रधानमन्त्रीले दिनुपर्छ ।_

भीम आचार्यः (गुटको राजनीतिक अचाक्ली भयो । यसको सबै श्रेय अध्यक्ष तथा प्रधानमन्त्री केपी कमरेडलाई जान्छ । यसरी गुट चलाउनका लागि हामी एकीकृत पार्टी भनेर जनताबीच जान सक्दैनौं । गुट नै जारी राख्ने हो भने अध्यक्ष र प्रधानमन्त्री बन्नु पर्ने आवश्यक छैन । राजीनामा दिएर गुटको राजनीति गर्दा फाइदा होला ।)

अष्टलक्ष्मी शाक्यः (पार्टी बचाउन र हामी नेकपाका नेता हौं भन्नका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी कमरेडले राजीनामा दिनुको विकल्प छैन ।)

मुकुन्द न्यौपानेः (नेता भन्दा पनि गुटमा रमाउनु भएको छ प्रधानमन्त्री ज्यु । पार्टी पद्धती, कार्यशैली, सामूहिक नेतृत्व, निर्णयको कार्यान्वयन कहीँ देखिएन । यसरी अघि बढ्दा नेतृत्वको कमजोरीले हामीलाई समेत सक्छ । यदि पार्टी बचाउने हो भने राजीनामा बाहेक अर्को विकल्प देख्दिनँ ।)

पम्फा भुसालः(धेरै कुरा अघि बोल्ने कमरेडहरुले भनिसक्नु भएको छ । उहाँहरुको कुरामा मेरो सतप्रतिशत सहमत छ । यतिसम्म भयो कि हाम्रै सरकार छ, जनताको जनमतले हामी यहाँ उभिएका छौं । तर, अहिले हामी जनताका अगाडी गएर उभिएर केही भन्न सक्ने अवस्थामा छैनौं ।)

(स्वाँ.....आवाज आयो । ती नेताको फोन के भयो थाहा भएन । अडियो रोकिएकाले थप रेकर्ड हुन सकेन । अडियो जस्ताको तस्तै राख्न कुनै पनि प्राविधिक पक्षबाट ती सदस्यको पहिचान खुल्न सक्ने भएकाले यहाँ अपलोड गरिएको छैन ।)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर