• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

राजु सदा मृत्युको छानबिन माग गर्दै प्रदर्शनमा उत्रिएका मुसहर समुदायमाथि प्रहरीको लाठी

जनकपुर । प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार नपाएर ज्यान गुमाएका धनुषा हंसपुर नगरपालिका–७ पर्साहीका राजु सदाको मृत्युबारे छानबिनको माग गर्दै प्रदर्शनमा उत्रिएका मुसहर समुदायमाथि प्रहरीले लाठी बर्साएको छ ।

प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले तीन–तीन राउन्ड हवाईफायर र अश्रुग्यास समेत प्रहार गरेको छ । राजु सदा र प्रहरी हिरासतमा आत्महत्या गरेका शम्भु सदाको घटना छानबिन गरी दोषीमाथि कारबाही तथा पीडित परिवारलाई राहतको माग गर्दै धनुषा, महोत्तरी, सिराहा, सप्तरी, सर्लाही र रौतहटका विभिन्न स्थानबाट आएका मुसहर समुदायका व्यक्तिले बिहीबार जनकपुरमा प्रदर्शन गरेका थिए ।


बारबिघा मैदानमा जम्मा भएका उनीहरू रामानन्द चोक, पिराडी चोक हुँदै मधेस भवनअगाडि पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । मधेस भवनको मूल गेटमा पुगेका प्रदर्शनकारीमाथि प्रहरीले लाठीचार्ज गरेको थियो ।

त्यसपछि प्रदर्शनकारीले पनि प्रहरीमाथि ढुंगा प्रहार गरे । झडपका क्रममा तीन प्रदर्शनकारी र एक प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालयका एसपी रमेश बस्नेतले बताए । सामान्य घाइते भएका उनीहरूको स्थानीय अस्पतालमा उपचार गरिएको छ । स्थिति नियन्त्रण गर्न तीन राउन्ड हवाईफायर र तीन राउन्ड अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ ।

नयाँ पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर