• बिहीबार ७-१३-२०७७/Thursday 10-29-2020/ 06:01 am

'पद हाम्रो बिषय होइन, देश र जनताको सेवा नै मुख्य हो' –प्रचण्ड

काठमााडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  आफूहरुको लागि पद विषय नभएर देश र जनताको सेवा नै मुख्य कुरा भएको स्पष्ट पारेका छन् । बिचार, मान्यता, विधि र पद्धति कस्तो हुने भन्ने बहस जीवित कम्युनिष्ट पार्टीमा भइरहने र यो सामान्य भएको उनको भनाई छ ।  राष्ट्रको भविष्य सुनिश्चित गर्ने र विकास गर्ने जिम्मेवारीमा आफुहरु रहेको उनले बताएका छन् । 

प्रचण्डको सचिवालयमा रहेकी छोरी गंगा दाहालले सामाजिक सञ्जाल फेशबुकमार्फत दाहालको पछिल्लो भनाई बाहिर ल्याएकी हुन् । उनले 
 फेसबुकमा लेखेकी छिन् , ”विचार, मान्यता, विधि र पद्धति कस्तो हुने भन्ने बहस जीवित कम्युनिष्ट पार्टीमा भइरहन्छ र यो सामान्य हो । पद हाम्रो बिषय होइन, देश र जनताको सेवा नै मुख्य हो । राष्ट्रको भविष्य सुनिश्चित गर्ने र विकास गर्ने जिम्मेवारीमा हामी छौँ ।” – अध्यक्ष क प्रचण्ड”

यसअघि बुधबार नै नेकपाका बामदेव गौतमले प्रचण्डसंग भएको भेटको बिषयलाई सार्वजनिक गरेका थिए । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चौरासिया हत्या प्रकरणः प्रदेश २ का ३ दर्जन नेताले गरे यस्तो माग  

  • १२ कार्तिक, २०७७

जनकपुरधाम । नेकपा पर्सा जिल्लाका नेता मुकेश चौरासियाको हत्याका विरुद्ध प्रदेश २ का ३ दर्जन नेता एक ठाउँमा उभिएका छन् । कार्तिक ६ गते विन्दबासिनी

अबदेखि हप्तामा २ दिन मात्र कोभिड–१९ प्रेस ब्रिफिङ हुने

  • १२ कार्तिक, २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब हप्तामा २ दिन मात्र कोभिड–१९ प्रेस ब्रिफिङ गर्ने भएको छ । दशैंका समयमा केही दिन रोकिएको प्रेस

काठमाडौं उपत्यकामा बुधबार थप ८ सय ४३ जनामा संक्रमण

  • १२ कार्तिक, २०७७

काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार थप आठ सय ४३ जना कोरोनाबाट संक्रमित भएका छन् । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा सबैभन्दा बढी ६ सय ९६ जना