कोरोनाको कहरकाबीच गोकर्णेश्वरमा पितृको सम्झना [फोटो फिचर]
काठमाडौं । आज कुशे औंशी , कोरोनाका कारण यस वर्ष काठमाडौंको गोकर्णेश्वर मन्दिरमा मेला भने लागेको छैन ।
मेला नलागेपनि भक्तजनहरु मन्दिर बाहिरैबाट पूजाआजा गरेका छन् भने भिड हुन नदिन प्रहरी परिचालन गरिएको छ यस वर्ष कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले मन्दिर क्षेत्र पूर्ण रुपमा सिल गरिएको छ ।
पशुपतिनाथको मूल मन्दिर क्षेत्र कोरोनाबाट बच्न गत चैत ११ गतेदेखि नै बन्द गरिएपछि गत साउनको पहिलो सातामा गोकर्णेश्वर मन्दिरमा भक्तजनको भीड लागेको थियो । मन्दिरमा लागेको भीडका कारण कोरोना फैलिने जोखिम उच्च भएपछि साउन दोस्रो सातादेखि मन्दिर बन्द छ ।
तस्विर : विनोद कटुवाल / हिमालयन टेलिभ्वाइस
प्रतिकृया दिनुहोस