• सोमबार ६-१२-२०७७/Monday 09-28-2020/ 02:55 pm

'प्रत्येक नागरिकले कोरोना विरुद्धको सिपाही हुँ भन्ने ठान्नुहोला' – प्रवक्ता ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुकले स्वास्थ्य र आर्थिक सङ्कटको सामना गरिरहेको  बताएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा यही भदौ १९ र २९ गते बसेको मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता  ज्ञवालीले स्वास्थ्य र आर्थिक सङ्कटको समुचित समाधान हुन नसके ठूलो जोखिम पैदा हुने बताए ।   
“दैनिक हजारको सङ्ख्यामा सङ्क्रमित देखिनु, दैनिक सङ्क्रमितको निधन हुनु जस्ताले हामी अझै पनि पिक विन्दुमा पुगेर तल झरेको अवस्था छैन”, उनले भने “अझ खुकुलो हुने कुराले स्वास्थ्यमा अझ बढी जोखिम रहन्छ । यस्तो बेलामा प्रत्येक नागरिकले आफूलाई कोभिड –१९ विरुद्धको अग्रपङ्क्तिमा रहेको सिपाही भन्ने ठान्नुहोला ।” 
नेपालमा अहिलेसम्म कोभिड –१९ को सङ्क्रमण ५६ हजार ७८८ जनामा देखिएको छ । यस्तै ३७१ जना सङ्क्रमणबाट निधन भइसकेका छन् । 
केही सञ्चारमाध्यममा कोभिड –१९ को सङ्क्रमण केही होइन भने कुरा आउने गरेकामा असन्तुष्टि व्यक्त गर्दै उनले यस्ता कुराले जनतामा भ्रम पैदा गर्नेसमेत बताए । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

राष्ट्रपति भण्डारीद्वारा रासायनिक पदार्थ (नियमन) सहित तीन अध्यादेश जारी

  • १२ असोज, २०७७

काठमाडौं ।  राष्ट्रपति बिद्यादेवी भण्डारीले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७ सहित तीन अध्यादेश २०७७ जारी गरेकी छिन् । तेजाव

काँग्रेस विवाद : सभापति देउवाबिरुद्ध पौडेलसमूहको विरोधपत्र दर्ता, यस्तो छ विरोधपत्र

  • १२ असोज, २०७७

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले पार्टीलाई विधानसम्मत रुपमा सञ्‍चालन गरी आगामी महाधिवेशन स्वच्छ र निष्पक्ष

मन्त्रिपरिषद पुनर्गठनः ओली - प्रचण्ड छलफल सकियो

  • १२ असोज, २०७७

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको सोमबारको छलफल सकिएको छ । मन्त्रिपरिषद