• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यु आदेश जारी

सर्लाही ।  मूर्ति विसर्जनको विषयलाई लिएर दुई समुदायबीचको विवाद बढेपछि सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले  शनिबार दिउँसो २ बजेबाट आइतबार बिहान ८ बजेसम्म कर्फ्यु आदेश जारी गरेको हो ।

बिहीबार विश्वकर्मा पूजाको मूर्ति शुक्रबार विर्सजन गर्न लैजाँदै गर्दा अवरोध भएपछि दुई समुदायबीच झडप भएको थियो । झडपमा दुवै तर्फका एक दर्जन भन्दा बढी घाइते भएका छन् ।दुई समूहबीचको झडपपछि विश्वकर्मा पूजाको मूर्तिलाई प्रशासन कार्यायलमा राखिएको छ ।

दुवै पक्षबाट धेरै मानिसहरु जम्मा हुन थालेपछि अप्रिय घटना नहोस् भन्ने अभिप्रायले कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासनले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर