• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

एसिड आक्रमण गर्नेलाई २० वर्ष कैद ! अध्यादेश ल्याउदै सरकार

काठमाडौं । प्रधानमन्त्रीकै अग्रसरतामा सरकारले एसिड आक्रमण गर्नेका विरुद्ध कडा कानून बनाउनेगरि अध्यादेश ल्याउने निर्णय गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद बैठकमा आक्रमणकारीमाथि जघन्य अपराधसरहको सजाय हुनेगरि अध्यादेश ल्याउने निर्णय भएकाे र मन्त्रीहरूका सुझाव समेटेर शुक्रबार नै अध्यादेश राष्ट्रपतिकाेमा पठाउने सरकारकाे तयारी छ । 

संसद्को नियमित अधिवेशन चालू नरहेका कारण सरकारले अध्यादेश मार्फत एसिड पिडितलाई राहत दिनेगरि अध्यादेश ल्याएको हो । यसअघि प्रधानमन्त्री केपी ओलीले एसिड आक्रमणका पीडितहरुसँग यसै विषयमा परामर्श समेत गरेका थिए । 

सरकारले ल्याएको अध्यायदेश संसदको अधिवेशन सुरु भएको ६० दिन भित्र संसदबाट पारित गर्नुपर्दछ । 

अध्यादेशमा एसिडपीडितहरूलाई राहत, संरक्षण तथा दोषीलाई कडा सजाय, क्षतिपूर्तिलगायतको स्पष्ट व्यवस्था हुने गरी अध्यादेश ल्याउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । 

एसिड आक्रमणका घटना बढ्दै गएका कारण संसद्का बैठकहरूमा सांसदहरूले छिट्टै छुट्टै कानुन ल्याउनुपर्ने माग गर्दै आएका थिए । त्यस्तै, पीडितका आफन्तहरूले पनि स्पष्ट कानुनी व्यवस्था नहुँदा दोषीले छिट्टै उन्मुक्ति पाउने र घटनाले प्रोत्साहन पाउने स्थिति रहेकाले कडा दण्ड–सजायका लागि छुट्टै कानुनी व्यवस्था गर्न माग गर्दै आएका थिए । 

एसिड आक्रमण गर्ने अपराधीको सम्पत्ति रोक्का गरी उपचार र क्षतिपूर्ति भराउने पनि कानुनमा व्यवस्था गर्न लागिएको  छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर