• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

'केपि ओली अहिले पुरै नाङ्गै छन्'–माधव नेपाल

फाइल फाेटाे

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीसंग राजनीतिक चरित्र नरहेको टिप्पणी गरेका छन् । बुधबार काठमाडौंमा आयोजित भेलामा उनले भने, हामी केपी कमरेड भन्छौ, तर उनलाइ केपी बा भन्न भन पर्छ ।

उनले ओलीले अराजनीतिक चरित्र देखाएको तर्क गर्दै भने, 'ओलीका हनुमानहरु पनि त्यही गर्छन, जसरी राजालाई नाङ्गो घुमाउदा पनि बालक रहेको कसैले देखेनन्,त्यही ओलीका वरिपरिका मान्छे छन् । '

अध्यक्ष नेपालले विधिको कुरा उठाउदा ओलीको नजरमा अपराध भएको धारणा राखे , विधि पद्वतिको कुरा ओलीलाई पटक्कै मन नपर्ने उनले बताए । 

उनले संसा संसारका तानाशाहको अवस्था कस्तो हुन्छ त्यो छिटै ओलीलाई देखेर थाहा पाउने तर्क गरे । 

उनले बहुमत पुराउन ओलीले केन्द्रीय समितिको सदस्यता बितरण गरिरहेको भन्दै ५ हजार केन्द्रीय सदस्य बनाउदैछन् त्यो सडकछाप पार्टीमा को जान्छ ? व्यङ्ग गरे । 

नेपालले ओली गुटले फैलाएका भ्रमलाई एक–एक गरी चिर्दै अगाडि बढ्न कार्यकर्तालाई आग्रह पनि गरे ।  उनले भने, 'ओली गुट गलत बाटोमा छ । तपाईंहरु भ्रममा नपुर्न । ओली गुटले फैलाएका भ्रमलाई एक–एक गरी चिर्नुपर्छ । ओली झुटको पुलिन्दा हो । '

उनले केही मानिसहरू आन्दोलन , पार्टीलाई छोडेर ओलीको सेवामा लागेको आरोप पनि लगाए । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर