• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

आलमले प्रहरीसँग नै मान्छे मार्छु भनेपछि....

काठमाडाैं । बम विस्फोटका घाएतेलाई इँटाभट्टामा हालेर मारेको अभियोगमा पुर्पक्षका लागि जेल चलान गरिएका पूर्वमन्त्री तथा रौतहट २ का कांग्रेस सांसद मोहम्मद आफताब आलमले प्रहरीकै सामुन्ने ‘मान्छे मार्ने’ धम्की दिएको खुलेको छ । आलमले प्रहरीलाई नै हत्कडी लगाइदिने र हजारौ मानिस उपस्थित गराएर जिल्ला अशान्त बनाउने समेत धम्की दिएका छन् । 

कान्तिपुर समाचार अनुसार २ मिनेट २४ सेकेन्ड लामो अडियो–भिडियोमा आलमले ‘अब जिल्लामा आगो लाग्छ, एसपी र डीएसपीलाई हत्कडी लगाउँछु, जिल्लाभर अशान्ति हुन्छ, भन्दै उनले धम्काएको देखिन्छ । उनको यो धम्कीका कारण प्रहरीले पीडित, घटनाका साक्षी, न्यायाधीश र सरकारी वकिलको सुरक्षामा विशेष व्यवस्था गरेको छ ।

असोज २६ गते प्रक्राउ परेका आलमलाई जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा लैजाने क्रममा प्रहरीसँग भनाभन भएको हो । डीएसपी नवीन कार्कीको नेतृत्वमा खटिएको टोलीले राजपुरको इद्रिस गेट नजिकैबाट उनलाई पक्राउ गरेको थियो । याे समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर