• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

प्रधानमन्त्रीले मन्त्रीहरूलाई भने– ‘भोलि मन्त्रिपरिषद् पुनर्गठन गर्छु, सबैजना बिदा बस्नुस्’

९ बजे नेकपा सचिवालय बैठक, दिउँसो नयाँ मन्त्रीको शपथ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेरको विषयमा क्याबिनेट बैठकमा जानकारी गराएका छन् । बुधबार नयाँ मन्त्रीहरूको हेरफेर गर्नेगरी तयारी भएको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले कुनै औपचारीक कार्यक्रम नराख्न मन्त्रीहरुलाई निर्देशन समेत दिए । 

बैठकमा सहभागि एक मन्त्रीका अनुसार कुन कुन मन्त्री फेरिने भन्नेबारे प्रधानमन्त्रीले कुनै जानकारी गराएका छैनन् । मंगलबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका थिए ।

समाचार दैनिकसंग कुरा गर्दै ती मन्त्रीले भने–‘कोही पर्नुहोला, कोही नपर्नुहोला । भोलि म मन्त्रिपरिषद हेरफेर गर्दै छु । अहिलेसम्म साथ दिनुभयो त्यसका लागि धन्यवाद । भोलि तपाँईहरु कसैले औपचारिक कार्यक्रम नराख्नुहोला भनेर प्रधानमन्त्रीले भन्नुभयो ।’

मन्त्रिपरिषद पुनर्गठनबारे प्रधानमन्त्री ओलीले नेकपाका अर्का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ संग छलफल गरिसकेका छन् । 

उता, राष्ट्रपति कार्यालयले भने अहिलेसम्म कुनै जानकारी नगराएको बतायो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर