• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

‘भाग्यमानी’ ढुंगाना, संकटमा नेविसंघ !

काठमाडौं । ११ औं महाधिवेशनबाट निर्वाचित सभापति नैनसिंह महरले राजीनामा दिएपछि नेतृत्वविहीन अवस्थामा रहेको नेविसंघले नयाँ कमिटी पाउने भएको छ । लामो समयसम्मको रिक्ततापछि कमिटीले पूर्णता पाउने भएको हो । 

शुक्रबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा भेला भएका शीर्ष नेताहरुको छलफलमा नेविसंघको अध्यक्षसहित ३ महामन्त्री, २ उपाध्यक्ष र दुई सहमहामन्त्री देउवालले लिनेगरी सहमति भएको छ । त्यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले २ महामन्त्री, २ उपाध्यक्ष, २ सहमहामन्त्री पाउनेगरी सहमति भएको स्रोतले जानकारी दियो । 

उपसभापति विजय गच्छदारलाइ १ महामन्त्री दिनेगरी सहमति भएको छ । देउवाको उक्त प्रस्तावमा शीर्ष तहका नेताहरुको पनि सहमति रहेको बुझिएको छ ।

ढुंगानालाई अध्यक्ष बनाउन देउवा निकै पहिलादेखि नै तयारीमा लागेका थिए । बेला बेलामा उमेर हदको कारण विवादमा आइरहने नेविसंघमा पुनः सोही विवाद दोहोरिएको समाचार हामीले यसअघि पनि प्रकाशित गरेका थियौं । 

१२/१५ वर्षदेखि विद्यार्थी राजनीतिबाट टाढा रहेका ढुंगानालाई नेविसंघले नेतृत्वमा ल्याउने सहमति गरेसंगै संगठनभित्रका नेता कार्यकर्ताहरु आक्रोशित भएका छन् । 

देउवासंग नजिक रहेका ढुंगानालाई नेतृत्व सुम्पिनु गलत भएको बताउँदै नेविसंघका एक नेता भन्छन्,‘नेताहरुको गुलामी गरेर पद हत्याउनलाई खप्पिस ढुंगानालाई देउवाले अघि सारेर पार्टी र संगठनलाई नै ठूलो धक्का भएको छ । यो निर्णय परिवर्तन हुनुपर्छ भन्ने हाम्रो माग हो ।’

सुनसरी जिल्लाबाट ०४९ सालमा नेविसंघ जिल्ला अध्यक्षमा चुनावमा होमिएर पराजित भएका ढुंगानालाई नेविसंघको नेतृत्व दिइएकोप्रति विद्यार्थीहरुको असन्तुष्टि छ । 

उनी त्यतिबेला बासु कोइरालासंग पराजित भएका थिए । कोइरालासंग अध्यक्ष पदका लागि पराजित भएको २७ वर्ष नाघिसम्दापनि नेतृत्वमा पुनः दोहोर्याउन लागेको भन्दै नेविसंघका विद्यार्थी नेताहरुको असन्तुष्टि छ । 

त्यस्तै, नेपालगञ्ज महाधिवेशनबाट कोषाध्यक्ष मनोनित भएका नेविसंघका नेता कल्याण गुरुङको कमिटीमा कोषाध्याक्ष भएका ढुंगाना पछि दुईवटा पार्टी एकीकरण हुँदा नेताहरुकै इच्छामा उपाध्यक्ष भएका थिए । उपाध्यक्ष हुँदा उनले कुनै तर्क पेश नगरेको, बैठकहरुमा ‘पर्फमेन्स’ पनि राम्रो नगरेको गुनासो उनीमाथि छन् । ढुंगाना नेता मिनेन्द्र रिजाल निकटका नेता हुन् ।

उमेरले ५२ नाघेका ढुंगानालाई देउवाले नेतृत्व सुम्पिन खोजेर आम विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरुको ‘बाउ’ सरहको उमेरको मान्छेलाई नियुक्ति दिन खोजेर देउवाले नेविसंघको ईतिहास धरापमा पार्न खोजेको आरोप नेताहरुको छ । 

देउवाको सिफारिसमा अध्यक्ष बन्न लागेका ढुंगाना संगठनको कुनै कार्यक्रम र मञ्चमा उपस्थित समेत नदेखिएका ढुंगानालाई अध्यक्ष बनाउन नहुने उनीहरुको तर्क छ । एकजना पनि नेविसंघ बनाउन नसकेको भनि नेविसंघभित्र ढुंगानामाथि आरोप छ ।

उक्त निर्णयसंगै नेविसंघका नेताहरु सामाजिक सञ्जालमार्फत असन्तुष्टिहरु व्यक्त गरिरहेका छन् । नेविसंघका पूर्व उपाध्यक्ष क्रृषिकेश जंग शाह लेख्छन्, ‘ह्याकुला पँखेटा भागमा परेपछि–विधि र विधानका कुरा कसरी स्खलित हुने रहेछ त देख्यौ नी ?’

उनी अघि लेख्छन्, ‘दुनिँयाले हामीलाई हेरिरहेको छ, भन्ने कुराको बाल भएन – पुरुषलाई महिला या तेश्रो लिंगी समेत प्रमाणित गर्न सक्छौ भन्ने भएपछि ! एकताका लागि हार्दिक बधाई तथा शुभकामना छ ! लज्जा श्रनम : जय नेपाल विचित्र घर !’

‘३६ दिनदेखि रिले अनशन, आइतबारबाट आमरण अनशन’
उता, नेविसंघले २ पुसदेखि पार्टी केन्द्रीय कार्यालयमा रिले अनशन गरिरहेको छ । नेविसंघको नयाँ विधानमा ३२ वर्ष मसनिकालाई अध्यक्ष बनाउनपर्ने विधान भएअनुसार हुनुपर्ने, आगामी महाधिवेशनको सुनिश्चितता हुनुपर्ने लगायतका माग उनीहरुले राखेका छन् । 

आइतबारबाट उक्त समूहले आमरण अनशन सुरु गर्ने नेविसंघका एक नेताले समाचार दैनिकलाई जानकारी दिए । देउवाले पार्टी र संगठनलाई नै धरापमा पार्दै निर्णय गरेको भन्दै अनशन सुरु  हुन लागेको उनले जानकारी दिए । 

अब बन्ने तदर्थ समित विधानअनुसार बन्नपर्ने नेविसंघका नेता नवराज त्रिपाठी बताउँछन् । ‘विधानअनुसार तदर्थ समिति निर्माण गरेर स्ववियु निर्वाचन र नेविसंघको १२ औं महाधिवेशन सम्पन्न गर्नुपर्छ भन्ने अनशनकारीको माग हो ।’ उनले भने ।

नेविसंघको नेतृत्व आगामी महाधिवेशन लक्षित
अझ रोचक विषय त पार्टीका शीर्ष नेताहरु देउवालाई नै प्रयोग गरेर देउवालाई सिध्याउने खेलमा रहेको नेताहरु बताउँछन् । 

सभापति देउवाको उक्त निर्णयप्रति विरोध जनाइरहेका नेविसंघका एक नेता भन्छन्,‘नेपाली कांग्रेसको राजनीतिमा शक्तिशाली मानिएको संगठन नेविसंघ कब्जा गर्ने रणनीति अन्तर्गत आउँदो महाधिवेशनमा आफू स्थापित हुनका लागि नेपाली कांग्रेसका संस्थापक महेन्द्र नारायण निधिका छोरा विमलेन्द्र निधि, गणेशमान सिंहका छोरा प्रकाशान सिंह, नेविसंघका पूर्व अध्यक्ष बलबहादुर केसी र फरक फरक गुट परिवर्तन गरि फाइदा लिँदै आएका अवसरवादी मिनेन्द्र रिजाल लगायतको समूहले आगामी महाधिवेशनमा देउवाको विकल्पमा आफूहरु स्थापित हुने र देउवालाई नै सिध्याउने रणनीति अन्तर्गत नेविसंघको नेतृत्व आफू अनुकुल ल्याउन देउवालालाई लामो समयदेखि दवाव दिँदै आएका थिए ।’

लोकतान्त्रिक फोरमसंगको पार्टी एकतापछि आफू पछि परेको भन्दै देउवालाई सिध्याउन निधि सक्रिय भएको स्रोतको भनाई छ । नेविसंघ उच्च स्रोतका अनुसार  देउवाले यसअघि नेविसंघको नेतृत्वमा शंकरदेव क्याम्पसका सभापति शुभराम बस्नेतलाई ल्याउने तयारी गर्दा विमलिन्द्र निधिहरुले गुट छाड्ने समेत चेतावनी दिएका थिए ।

सोही समूहसंग जोडिएका बलबहादुर केसी कुनैपनि हालतमा बस्नेतलाई नेतृत्वमा ल्याउन नहुने अडानमा थिए । देउवाले आफू नेताहरुको दबाबमा परेर केही समअघि ढुंगानलाई अध्यक्ष बनाउने बचन दिएका थिए ।

सोही समूहले महामन्त्रीमा नेविसंघका नेता मनोज वैद्यलाई अघि सारेको छ । सोही समूहले प्रकाशमानसिंह निकट नेता मनोज बैद्यलाई महाधिवेशनसंग जोडेर महामन्त्रीमा अघि सारेको बुझिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर