थप २३२ जनामा नयाँ संक्रमण, संक्रमित संख्या १५, ४९१
काठमाडौं । थप २३२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ४ हजार ५० नमुना परीक्षणमा संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
उनीहरुमध्ये ३४ जनाको मृत्यु भएको छ भने ६ हजार ४१५ जना डिस्चार्ज भएको उनले बताए ।
प्रतिकृया दिनुहोस