• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

आजको राशिफल : असार २८ गते आइतबार विशेष

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज कहीँ–कतैबाट कुनै उपहार प्राप्त होला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुसीका निम्ति केही खर्च हुनसक्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) आज मनमा उत्साहका साथै बोली विक्ने समयछ । शुभकार्यको चर्चा चल्नेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) आफ्नो काममा विस्तारै सफलता हात पर्नेछ । प्रविधि मार्फत इष्टमित्रसँग भेटघाट होला । चिताएको कामले तीव्रता लिनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) रोकिएका काम पुनः सुरू हुन सक्छन् । प्रेमप्रसङ्गमा रमाइलोपन आउनेछ । सन्तानबाट सहयोग मिल्ला । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । सन्तान सुख मिल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) आज आँटेको र ताकेको कार्य पुरा होला । प्रविधि मार्फत टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । कार्य सम्पादनमा समस्या आउला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । चिन्ता हटेर मन हलुका हुनेछ । घरायसी मनोरञ्जन हुनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) आज वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । नयाँ ज्ञान र सीप सिक्ने मौका मिल्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर