• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

'प्रधानमन्त्रीकाे रुचि'मा काठमाडौं आएका ‘रअ’ प्रमुख गोयल फर्किए

काठमाडौं । झण्डै २१ घण्टा नेपालमा गुप्त भेटघाट सकेर भारतीय खुफिया संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयल फर्किएका छन् । बुधबार भारतीय सेनाको विषेश विमानबाट काठमाडौंको अन्तराष्ट्रि विमानस्थलमा अवतरण गरेका उनलाई नेपालका समकक्षी राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी लगायतले विभान नजिकै पुगेर स्वागत गरेका थिए । 

बुधबार राति ९ बजे नै भारत फर्कने योजनासहित नेपाल आएको भएपनि भेटबार्ता गर्ने नेता तथा सुरक्षा अधिकारीहरुको सूची लामो भएका कारण भ्रमण लम्ब्याएर उनी बिहिबार विहान १० बजेपछि भारत फर्किएका हुन् । गोयललाई नेपाल भ्रमणको निम्तो नेपालको गुप्तचर संस्था राष्ट्रिय अनुसन्धन विभागले दिएको थियो । सोही कारण स्वागत गर्न समेत विभागका प्रमुख अधिकारी विमानस्थल पुगेका हुन् । 

विगतमा गृहमन्त्रालय मातहत रहेको अनुसन्धान विभाग हाल प्रधानमन्त्रीको मातहत  । प्रधानमन्त्रीको मातहत रहेको गुप्तचर विभागको निमन्त्रणमा गोयल नेपाल भ्रमणमा आएको भएकाले त्यो प्रधानमन्त्रीकै रुचि र योजनामा भएको नेपाल भारत सम्बन्धका एक विज्ञले समाचार दैनिकलाई बताए । 

Exclusive: बुधबार काठमाडाैंमा 'रअ' प्रमुख गाेयल

नेपालको राजनीतिमा प्रत्येक्ष प्रभाव पार्ने भारतीय गुप्तचर संस्था रअका प्रमुखको गुप्त नेपाल भ्रमणले राजनीतिक रंगमञ्चमा भने तरंग सृजना गरिसकेको छ । गोयलले नेपालमा रहंदा गरेको राजनीतिक तथा सुरक्षा निकायका प्रमुखहरुसँगको भेटले पनि उनको भ्रमणलाई थप रहस्यमय बनाएको छ । 

नेपाली सुरक्षा निकायका गुप्त अधिकारीहरुका अनुसार आफ्नो दलबलसहित नेपाल आएका गोयलले प्रधानमन्त्री निवास, केही व्यापारीका घर, काठमाडौंस्थित होट हायात र द्वारिकाजमा लगातार भेटवार्ता गरे । 

याे पनि....

राष्ट्रपतिसँंग आधा घण्टा, प्रधानमन्त्रीसँंग ४ घण्टा भेटेर फर्किए ‘रअ’ प्रमुख गोयल

उनले नेपाल आउने वित्तिकै नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाललाई होटल सोल्टीको पछाडि रहेको एक ब्यापारीको घरमा भेटेको राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरुले दावी गरेका छन् । तर, प्रधानमन्त्री प्रचण्डको सचिवालयले उक्त दावीको खण्डन गर्दै अध्यक्ष प्रचण्ड र नेता नेपालले भारतीय गुप्तचर संस्थाका प्रमुखसँग भेट नगरेको बतायो । 

अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने, ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का बारेमा केही अनलाइन मिडियाहरुमा ‘प्रचण्ड र माधव नेपालसँग रअका प्रमुख गोयलको गोप्य भेट, बिहीबार मात्रै दिल्ली फर्कने’ शीर्षकमा प्रकाशित समाचारप्रति हाम्रो सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ’ संयोजक सापकोटाले भने, ‘सम्वेदनशील बिषयमा झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै आम जनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न अपील गर्दछु ।’

गुप्तचर प्रमुख गोयलले प्रधानमन्त्री केपी ओलीसँग भने उनको सरकारी निवास बालुवाटारमा नै राति ९ बजे भेटेको श्रोतले बतायो । भेटमा नेपाल भारत सीमा समस्या, दुई देशबीचको सम्बन्धमा देखिएको चिसोपन र भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरावणेको नेपाल भ्रमणका विषयमा चर्चा भएको हुन सक्ने अनुमान गरिएपनि यस बारेमा प्रधानमन्त्री कार्यालय बिहीबार मध्यान्न सम्म मौन छ । 

याे पनि....

सरकार भन्छ : भारतीय ‘रअ’ प्रमुख नेपाल आएको थाहा छैन 

रअ प्रमुख गोयलले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री शशाङ्ँक कोईराला, शेखर कोईराला, राजपाका अध्यक्षहरु महन्थ ठाकुर, डा. बाबुराम भट्टराईसँग पनि भेट गरेको अनुसन्धानका अधिकारीहरुले बताए । 

राजनीतिक नेताका अलवा गोयलले नेपाली सेनाका प्रमुख प्रधानसेनापति महारथि पूर्णचन्द्र थापा र नेपाल प्रहरीका महानिरिक्षक शैलेश थापा क्षेत्रीसँग पनि भेटवार्ता गरेका थिए । 
यी सवै भेटवार्ताका एजेण्डाबारे भने अहिले सम्म स्पस्ट खुलेको छैन । नेपालको अनुसन्धान विभागले भेट गरेको भनिएका कसैले पनि भेट स्वीकार गरेर छलफलका एजेण्डाबारे बोलेका छैनन् । आवत जावत र छलफलमा देखिएका बाहिरि दृष्यहरुका आधारमा क–कसले कतिबेला भेट गरे भन्ने कुरा भने अनुसन्धान विभागले बताएको छ । 

याे पनि....

‘रअ’का प्रमुखसंग नभेटेको पूर्वराजा ज्ञानेन्द्रकाे दावी

उच्च राजनीतिक श्रोतले समाचार दैनिकलाई दिएको जानकारी अनुसार गोयललाई प्रधानमनत्री ओलीले नै भारतसँगको सम्बन्ध, सीमामा देखिएका विवादलगायत विषयमा छलफल गर्न नेपाल बोलाएका हुन् । 

दुई देशबीचको सीमा विवादमा नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय पक्षबाट कुनै उच्च अधिकारी नेपाल आएका थिएनन् । गोयल नेपाल आएको यो पहिलोपटक भने होइन । उनी यसअघि सन् २०१९ को जुलाईमा आएका थिए । त्यस बेला उनले उच्चस्तरीय भेटघाट गरेका थिए ।  

केही दिन अघि गोयलको भ्रमणको तयरी गर्न रअका दोश्रो तहका अधिकारी समेत नेपाल आएर प्रधानमन्त्रीसँग भेट गरेर फर्किएको श्रोतको दावी छ । गोयलको नेपाल भ्रमणबारे भारतीय दुतावास, नेपाली सेना र परराष्ट्र मन्त्रालयले भने अनभिज्ञता व्यक्त गरे ।

याे पनि....

पूर्वराजा ज्ञानेन्द्रसँग रातकाे ११ बजे भेट, प्रमलाइ भेट्न नीजि सवारीमा बालुवाटार


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर