• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

झापामा राप्रपाको भोट नपाए अध्यक्ष ओली नै संकटमा ! यस्ताे छ अंकगणित

काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनको उर्बर भूमि मनिने झपामा अधिकाँस स्थानमा कम्युनिष्ट पार्टीको बर्चश्व रहेको छ । ५ निर्वाचन क्षेत्र रहेको झापालाई अझै पनि कम्युनिष्ट किल्लाका रुपमा लिईन्छ ।
त्यसमा पनि झापा विद्रोहका मूल नेतृत्वको गृहजिल्ला रहेको झापामा ०४८ पछिका निर्वाचनमा कमम्युनिष्ट पार्टीले नै आफ्नो बर्चश्व कायम राख्दै आएको छ  । तर यसपटको निर्वाचनमा झापामा हुने त्रिकोणात्मक भिडन्तमा राप्रपा निर्णायक मतमा रहेका कारण कसले बाजी मर्छ भन्न सक्ने अवस्था रहेको छैन । 

राप्रपाको बलियो उपश्थिति रहेको दमक नगरपालिका राप्रपाका उम्मेदवार राम थापाले जितेका थिए । स्थानीय चुनावमा अन्य स्थानमा एमाले र राप्रपाबीच तालमेल भएपनि झापामा भने राम थापाले सत्ता गठबन्धनसँग तालमेल गरेका थिए । 

प्रदेश र संघको चुनावमा अध्यक्ष राजेन्द्र लिङदेनको चाहाना अनुसार झापामा एमाले राप्रपा तालमेल हुन्छ कि स्थानीय तहमा बलियो पकड बनाएका दमकका मेयर राम थापाको गठबन्धनसँग मिल्ने मत निर्णयक हुन्छ ? यही विषय टुंगिएसँगै झापा ५ मा ओलीको हार वा जितको टुंगो लाग्ने स्थानीय विश्लेषकहरु बचाउँछन् ।

गठबन्धनका कारण पनि एमालेलाई झापामा ठूलै चुनौती रहेको अवस्थामा राप्रप सँग निर्णायक मत हुँदा झापामा यो पटक एमालेलाई ठुदलै क्षति पुग्ने आकलन गर्न थालीएको छ । यस पटकको निर्वाचनमा एमालेले झापामा अस्तित्वको लडाइँ लड्न गाह्रै रहेको प्रष्ट भएको छ  । 

एकातिर सत्ता गठबन्धनका काँग्रेस र माओवादी केन्द्र अर्कारित एमाले प्रतिस्पर्धामा देखिएका छन् । राप्रपा गठबन्धनमा मिल्दा ओली हार्ने र एमालेसँग मिल्दा गठबन्धन हार्ने अवस्था आउन सक्ने देखिएको छ । त्यसैले राप्रपालाई झापामा कसै न कसैले अंगाल्नुपर्ने बाध्यता देखिन्छ । अघिल्लो संघीय चुनावमा अध्यक्ष ओलीले राप्रपाकोसमेत भोट लिएर काँग्रेसका उम्मेदवारलाई फराकिलो अन्तरमा हराएका थिए ।

राप्रपाले यसपटक समानुपातिकमा थ्रेसहोल्ड कटाउन सक्छ, तर त्यसका लागि प्रत्येक्षमा कम्तीमा एक सिट जित्नुपर्छ । राप्रपामा प्रत्येक्ष चुनाव जित्न सक्ने पहिलो नम्बरमा अध्यक्ष लिङ्देन नै छन्न् । त्यसैले उनले एमाले वा गठबन्धनसँग तालमेल गर्नुपर्ने बाध्यता हुन्छ ।

लिङ्देनले शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरे पनि कुनै सहमति भएको छैन । तर, झापाको चुनावी गणितले राप्रपा जो सँग मिल्छ राप्रपाले एक सीट सुनिश्चित गर्छ अरु बाँकी ४ सिट अन्यलाई जित्ने सुनिश्चित हुन्छ भन्ने देखिन आउँछ ।

सत्तारुढदल सहित डा. बाबुरामभट्टराईको नेतृत्वमा र हेको दल र बामदेबको नेतृत्वको नेकपा एकता अभियान सहितको ७ दलिय गठबन्धनका कारण पनि झापामा एमालेलाई ठुलो चुनौती थपिएको छ । 
झापाका कुन क्षेत्रमा के छ त अवस्था ?

झापा–१ गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनले यहाँ वडाध्यक्षका उम्मेदवारहरूले पाएको मतमा एमाले सबैभन्दा अगाडि देखिएको भए पनि एमालेलाई यहाँ जित हाँसिल गर्न धौ धो रहेको छ । उसका वडाध्यक्षका उम्मेदवारहरूले ३१ हजार २३२ मत ल्याउँदा कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरूले २४ हजार ५९ पाएका छन् । यस्तै गठबन्धनकै अन्य दलहरू माओवादी ३ हजार ९०५ र नेकपा एसले १ हजार २५२ मत पाएका छन् ।

गठबन्धनका दलको जोडफल २९ हजार २१६  रहेको छ भने यहाँ राप्रपाका वडाध्यक्षका उम्मेदवारले ५ हजार ९२२ मत बटुलेका छन् । यदि राप्रपाले एमालेलाई साथ नएिको खण्डमा एमाले यहाँबाट पत्तासाफनै हुने देएिको छ । 

झापा–२ यहाँ पनि राप्रपा नै निर्णायक देखिएको छ । एमाले र सत्तारूढ गठबन्धनको ब्याटल हुँदा एमाले हाबी देखिन्छ । एमाले वडाध्यक्षका उम्मेदवारहरूले ३६ हजार ३९६ मत बटुल्दा कांग्रेसका उम्मेदवारहरूले ३२ हजार ६७२, माओवादी केन्द्रका उम्मेदवारहरूले २ हजार ४३७, जसपाका उम्मेदवारहरूले ५०६ र नेकपा एसका उम्मेदवारहरूले १७३ मत बटुलेका छन् ।

सत्तारूढ गठबन्धनका उम्मेदवारहरूको योगफल ३५ हजार ७८८ हुन आउछ । जुन एमालेका उम्मेदवारभन्दा ६०८ मत कम हो । यहाँ राप्रपाका वडाध्यक्षका उम्मेदवारहरूले ९ हजार ५३१ मत पाएका छन् । यसकारण यो मत जता जान्छ उसेको जित निश्चित भएको छ ।

झापा ३ अहिलेको स्थानीय तह निर्वाचनले यहाँ एक्ला एक्लैमा कांग्रेस बलियो देखिएको छ । कांग्रेसका वडाध्यक्षका उम्मेदवारले २५ हजार ९४९ मत बटुल्दा दोस्रोमा राप्रपा छ । जसका वडाध्यक्षका उम्मेदवारहरूले २१ हजार १५९ मत पाएका छन् । यस्तै तेस्रोमा एमालेको २१ हजार ८५मत, चौथोमा माओवादी केन्द्रको ६ हजार ६८८ मत, पाँचौमा जसपाको ५३७ मत, छैठौंमा लोसपाको २०८ मत र नेकपा एसको १२ मत छ ।

एक्ला एक्लै लड्दा यसपटक यो क्षेत्रमा लिङदेनमाथि सिटौला हाबी हुने देखिन्छन् । झन् गठबन्धनको साथ हुँदा उनी जीतकै नजिक हुन्छन् । तर, जोखिम त्यो बेला हुन्छ, जब एमालेले लिङ्देनलाई सघाउँछ । एमाले र राप्रपाको मत जोड्दा यहाँ ४२ हजार २४४ हुन्छ भने सत्तारूढ गठबन्धनको ३३ हजार १८६ मतमात्रै हुन्छ । यसकारण सिटौला फेरी जोखिममा पर्छन् ।

झापा–४ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा दलका वडाध्यक्षका उम्मेदवारहरूले पाएको मतअनुसार यहाँ पनि राप्रपा नै निर्णायक देखिएको छ । यहाँ एमालेका उम्मेदवारले ३१ हजार २७२ मत, कांग्रेसका वडाध्यक्षका उम्मेदवारले २८ हजार १६५ मत, माओवादी केन्द्रका उम्मेदवारले ६ हजार ३८२ मत, राप्रपाका उम्मेदवारले ४ हजार ५५६ मत, नेकपा एसका उम्मेदवारले ७०२ मत, लोसपाका उम्मेदवारले २४८ मत र जसपाका उम्मेदवारले ११० मत पाएका छन् ।

यो आँकडाअनुसार राप्रपा एमाले वा गठबन्धन जता मिल्छ उतैको समीकरण हाबी हुने निश्चित छ ।

झापा–५ यो एमाले अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र हो । स्थानीय तहको निर्वाचनको नतिजा अनुसार यहाँपनि राप्रपा नै निर्णायक देखिएको छ । 

यसपटकको समीकरण अनुसार एमाले एक्लैको ४१ हजार ६१९ मत छ । यस्तै सत्तारूढ गठबन्धनका कांग्रेसको २२ हजार २२, माओवादी केन्द्रको १० हजार ७८८ र नेकपा एसको १ हजार ९८८ मत छ । यसरी सत्तारूढ गठबन्धनका दलहरूको ३४ हजार ७९८ मत हुन्छ ।

जुन एमालेभन्दा ६ हजार ८२१ मत कम हो । यहाँ राप्रपाको ८ हजार ३५३ मत छ । जुन सत्ताहरूढ गठबन्धनमै मिसिन पुगे अध्यक्ष ओलीलाई पनि चुनौति हुन्छ । 

झापा ५ मा सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका युवा नेता रञ्जित तामाङले उम्मेदवारी दिने सम्भावना बढेको छ ।

गठबन्धनको चुनाव तयारी कार्यदलमा समेत यस विषयले प्रवेश पाईसकेको छ । अध्यक्ष ओलीलाई चुनौति दिन अहिलेको माग अनुसार नयाँ र युवा नेतृत्व आवश्यक परेको ठहर कार्यदलले गरेको छ । सोही अनुसार अखिल क्रान्तिकारीका नि वर्तमान अध्यक्ष रञ्जित तामाङ राप्रपासहित गठबन्धनको साझा उम्मेदवार बनेमा उनी ओलीलाई फलामको च्यूरा सरह हुने स्थानीय नेताहरु बताउँछन् ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर