• २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024

महाकाली अस्पतालको भेन्टिलेटर खरिद प्रकरण : धनगढीका दुई सप्लायर्सका संचालकको पनि संलग्नता

धनगढी । महाकाली अस्पतालको भेन्टिलेटर खरिद प्रकरणमा धनगढीमा रहेका अमित डिष्ट्रीब्युटर्सका संञ्चालक दुष्यान्त बस्नेत र डि.बि मेडीसिनका संचालक मुरारी जोशीको संलग्नता रहेको पाइएको छ । आरजी सप्लायर्स प्रा.लि. काठमाडौंले पाएको उक्त खरिद प्रक्रियामा अन्य दुईको पनि संलग्नता रहेको पाइएको हो । 

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले छुट्याएको बजेटले महाकाली अस्पतालले खरिद गरेका उपकरण पुराना मोडल र खिइएका परेको पाइएको थियो । लगत्रै विभिन्न मिडियाहरुमा समाचार प्रकाशन भएपछि अख्तियारले छानविन सुरु गरेको थियो । 

यो हेर्नुस्

स्वास्थ्य उपकरण खरिदमा बेथिति : महाकाली अस्पतालमा खिया लागेका भेन्टिलेटर पुर्याइयो

अस्पताल प्रशासनले आरजी  सप्लायर्सको टेण्डरमा दस्तखत बिना ठेक्का स्वीकृत गरेको र धरौटी, सम्झौता बिना नै खरिद गरेको अस्पताल व्यबस्थापन समितिका एक सदस्यले समाचार दैनिकलाई जानकारी दिए । 

अस्पताल प्रसासनले व्यवस्थापन समितिलाई जानकारी नै नगराई सार्वजनिक खरीद ऐन , नियमावलि बिना सम्झौता बिना नै उपकरण खरीद गरेको मा अस्पताल व्यबस्थापन समितिले प्रेस बिज्ञप्ती जारी गरी आपत्ति पनि प्रकट गरेको छ । 

अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागजजात नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । 

यो हेर्नुस्

फलोअप : महाकाली अस्पतालमा भेन्टिलेटर खरिद, अख्तियारद्वारा कागजात नियन्त्रण

यसअघि डडेल्धुरा अस्पतालमा पनि स्पेशिफिकेशन नै संसोधन गरेर आफू अनुकुलको बनाएर खरिद प्रक्रिया अघि बढाइएको समाचार हामीले प्रकाशन गरेका थियौं । 

उक्त स्पेशिफिकेशन संसोधन गर्नमा धनगढीमा रहेका डि.बि मेडीसिन र  अमित डिष्ट्रब्युटर्से संलग्नता रहेको पनि स्रोतले दाबी गरेको छ ।

यो हेर्नुस्

डडेल्धुरा अस्पतालको सीटी स्क्यान खरिदमा अनियमितता, ओम्नी समूहको संलग्नता

काठमाडौंमा रहेको हस्पिटेक ईन्टरप्राईजेज, धनगढीमा रहेको डि.बि मेडीसिन, अमित डिष्ट्रब्युटर्सले  बायोमेडीकल ईञ्जिनियरसँगको   मिलोमतोमा सप्ेशिफिकेशन तयार गरी अरु सप्लायर्स तथा कम्पनिलाई प्रतिस्पर्धा गर्न नदिई कमिशन पाउने लोभमा धनगढीका  यी  सप्लायर्स शंकास्पद भूमिकामा रहेका छन् । 

यता, अस्पताल प्रशासन भने सरकारले जारी गरेको लकडाउनका लागि म्याद थप गरिएको बताउँदै आएको छ । जुन समाचारहरु हटाउन हामीलाई केही दबाब समेत सिर्जना भएका थिए । 

यो हेर्नुस्

फलोअप : लकडाउनको मौका छोपेर डडेल्धुरा अस्पताल ‘कमिशन’ चक्करमा

पुरानो र प्रयोग भएको उपकरण आईसकेपछि सामाजिक बिकास मन्त्रालय ले सुदुरपश्चिम प्रदेश स्वास्थ्य आपुर्ति केन्द्र धनगढीमा कार्यरत बायामेडीकल ईञ्जिनियर हरेन्द्र चटौतलाई प्रतिवेदन बुझाउन भनिएको थियो ।

बायामेडीकल ईञ्जिनियर हरेन्द्र चटौतले प्रतिवेदनमा सबै उपकरणको जाँच नै नगरी कम्पनि मोडेल उत्पादन मिति, सिरीयल नम्बर र गुणस्तरीय भए नभएको र स्पेशिफिकेशनमा माग भएको बुदा मिले ÷नमिलेको बुँदाहरु उल्लेख गरिएको छैन ।

सुदुरपश्चिम प्रदेशमा काठमाडौंको हस्पिटेक ईन्टरपाईजेजलाई ठेक्का पारी अमित डिष्ट्रीब्युटर्स संचालक कमिशन लिने गरेको श्रोतले दावि गरेको छ ।

यो हेर्नुस्

[फलोअप] डडेल्धुरा अस्पतालको सि.टी.स्क्यान खरीदमा अनियमितता : शंकास्पद भूमिकामा अस्पताल प्रशासन

अमित डिष्ट्रीब्युटर्सका संचालक दुष्यान्त बस्नेत करचुक्ता प्रमाणपत्र किर्ते गरेको आरोपमा गत बर्ष धरौटिमा रिहा भएका थिए । 

श्रोतका अनुसार डडेल्धुरा अस्पताल ले खरी दगर्न लागेका उपकरण हरुको बाह्य परामर्शदाता ले तयार गरेको स्पेशिफिकेशन बस्नेत कै मा अस्पताल प्रशासनले संशोधन गरेको थियो ।

यो हेर्नुस्

थला पर्यो महाकाली अस्पताल : ‘न एम्बुलेन्स न चिकित्सक नै !’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर